०१ साउन २०८३, शुक्रबार
मन्त्रिपरिषद बैठकको निर्णय

नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

चैत ११, २०८१
काठमाडौं
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ ।

सोमवार बसेको बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये चूडामणि चापागाईं, नारदकुमार लुँइटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको थियो ।

बुधवार बिहान अर्थ मन्त्रालयले पाँचै जनालाई कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको थियो । 

अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते सार्वजनिक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन मागेको थियो । 

फागुन १८ गतेसम्म आवेदन नपरेपछि समय थपेर फागुन २५ सम्मको समयसीमा तोकिएको थियो । अन्तिम दिनसम्म १० जनाले आवेदन दिएका थिए ।

आवेदन दिने अन्य प्रतिस्पर्धीहरूमा युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी थिए ।

यसअघि सीईओ रहेका कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्