०६ असार २०८३, शनिबार

भारतको सहयोगमा दैलेखमा विद्यालय भवन शिलान्यास

चैत ११, २०८१
काठमाडौं
भारतको सहयोगमा दैलेखमा विद्यालय भवन शिलान्यास

दैलेखको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण शिलान्यास भएको छ । भारतीय सहयोगमा बन्न लागेको उक्त भवन सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, काठमाण्डौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गरे । 

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.९ करोड परियोजना लागतमा भवन निर्माण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

जसअनुसार साढे तीन तले भवन निर्माण हुनेछ भने जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको र दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन हुने दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्