२७ जेठ २०८३, बुधबार

सवारीसाधनमा चिप्स जडान गरेको जानकारी पाएपछि महानगरमा बबाल

चैत १२, २०८१
काठमाडौं
सवारीसाधनमा चिप्स जडान गरेको जानकारी पाएपछि महानगरमा बबाल

काठमाडौं महानगरपालिकाका १३ समितिका संयोजकको सवारीसाधनमा जीपीएस जडान गरी सचिवालयका सल्लाहकारले थर्काउन थालेपछि बबाल भएको छ । समितिका संयोजकले सवारीसाधनमा चिप्स जडान गरेको जानकारी पाएपछि मेयर साह माथि आक्रोश पोखेका छन् ।

 ३ महिनादेखि कामपाको कार्यपालिका बैठक बोलाउन नसकेका मेयर साहले सल्लाहकार लगायतलाई सवारीसाधन दिएको विषय उठेपछि आफू बच्न संयोजकलाई क–कसले गाडी प्रयोग गरेका छन् सबै देखाइदिन्छौं भनेपछि नेपाली कांग्रेस निकट समितिका संयोजकसहित २३ जना कार्यपालिका सदस्यले मेयर साहलाई कार्यपालिका बैठक बस्न दबाब दिएका छन् ।

मेयर साह र सरकारबीचको टसलका कारण कामपा चरम आर्थिक संकट परेपछि कार्यपालिका बैठक बस्न दबाब दिने तरखरमा रहेका वडाअध्यक्षलाई मेयरको सल्लाहकारले धम्की दिएपछि वडाअध्यक्षले कार्यपालिकाको बैठकमा सबै विषय उठान गर्ने भन्दै आइतबार ज्ञापनपत्र बुझाएका छन् । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्