
सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा सोमबार सम्पन्न खेलमा संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पराजित गरेको हो ।
योसँगै १९औं संस्करणको विजेता संकटाले फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफ क्लबलाई चुनौती पेस गर्ने भएको छ । आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरिसकेको छ ।