२४ असार २०८३, बुधबार

पूर्वराजालाई ओलीको जवाफ- हाम्रा पुर्खा पनि तमासा हेरेर बसेका थिएनन्

चैत १२, २०८१
काठमाडौं
पूर्वराजालाई ओलीको जवाफ- हाम्रा पुर्खा पनि तमासा हेरेर बसेका थिएनन्

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको एकीकरणमा एउटा वंशका पुर्खा मात्र नलागेको बताएका छन् । 

शाह वंशका बाहेक अरूका पुर्खा पनि देशका लागि लडेको उनले बताए । सुजाता कोइरालाले लेखेको ‘म र सानोबुवा’ पुस्तकको विमोचन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले एउटा व्यक्तिको खानदानलाई संस्था मानेर हिँड्न नसकिने बताएका हुन् । 

‘यो देश जसले बनाओस्, मैले एकपल्टको संवादमा भएको थिएँ- हाम्रा पुर्खा पनि मैदानमा थिए, लडेका थिए । कोही व्यक्तिको पुर्खाले पनि लडेका थिए, के हाम्रा पुर्खा तमासा हेरेर बसेका थिए ?’ ओलीले प्रश्न गरे । 

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखतका वक्तव्यमा हाम्रा पुर्खाले एकीकरण गरेको देश भनेर लेख्ने गरेका छन् । इतिहासको कालखण्डमा कसैले देशको नेतृत्व गरिरहेको हुने र त्यो बेला शाह वंशले नेतृत्व गर्नु स्वाभाविक रहेको ओलीले बताए । 

‘कुनैबेला कसैले नायकत्व लिन्छ होला, अहिले मैले नायकत्व लिएको छु । अरु १५ महिना पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर नायकत्व लिनुहुनछ’, ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्