२१ असार २०८३, आइतबार

भक्तपुरमा ६६ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

चैत १२, २०८१
काठमाडौं
भक्तपुरमा ६६ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९, बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङस्थलमा मृत भेटिएका ६६ वर्षीय ओम प्रकाश राईको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका-६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर रहेका छन् । उनले ढुंगाले प्रहार गरी राईको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय राई मृत अवस्थामा फेला पर्दा उनको दायाँ कानछेउ र टाउकोमा चोट लागेको थियो।

बुढामगरलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी,डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्