२५ असार २०८३, बिहीबार

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : १६ जनाको उद्धार, बाँकीलाई निकाल्न सेनाको हेलिकप्टर पठाइयो

चैत १३, २०८१
सुनसरी
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : १६ जनाको उद्धार, बाँकीलाई निकाल्न सेनाको हेलिकप्टर पठाइयो

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्ट्रल प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । 

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । 

हालसम्म ५ जना महिला र ११ जना पुरुषगरी १६ जनाको उद्धार गरिसकिएको प्रहरीले जनाएको छ । अब देखा परेको ३ जनाको उद्धार गर्न बाँकी छ ।  फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।  

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेको थियो । आगलागीसँगै अहिले ग्यासका सिलिण्डर पनि पड्किएका छन् । 

भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथाशक्य आगो नियन्त्रण गर्न नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्