०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध, १५ मिनेटलाई बैठक स्थगित

चैत १३, २०८१
काठमाडौं
प्रधानमन्त्रीको जवाफ माग्दै राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध, १५ मिनेटलाई बैठक स्थगित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारको जवाफ माग गर्दै विपक्षी दलले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । 

बुधबार बसेको बैठकको शुरूमै माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले कुलमानलाई हटाइएको विषयमा सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका हुन् । उनले प्रधानमन्त्रीको जवाफ नआउदासम्म संसद् चल्न नदिने बताए । 

‘सेवा अविध सकिन लागेको समयमा सरकारले कुलमानलाई हटाउने निर्णय गरेको छ । कुलमानप्रति पूर्वाग्रही हुनुपर्ने के त्यस्तो स्थिति थियो ?’, सार्कीले भने, ‘सरकारका यस्तै हर्कतले प्रतिगामी शक्तिहरू सडकका सल्बलाएका छन् । सरकारले आफ्नो निर्णय सच्याओस् ।’

त्यसपछि विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि अध्यक्ष नारायण प्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । त्यसअघि माओवादी लगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागगर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए ।

विपक्षीको विरोधका कारण अवरुद्ध भई ३० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार साढे १ बजेसम्म शुरू हुन सकेको छैन । 

सरकारले सोमबार कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्