०६ असार २०८३, शनिबार

हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या

चैत १४, २०८१
काठमाडौं
हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या

मकवानपुरमा देवरले भाउजूको हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहारगरी हत्या भएको हो । 

उनलाई आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि आफन्तले बुहारीको खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो । 

रमेशको आक्रमणबाट उनका दाजु रुपेश दास गम्भीर घाइते भएका छन् । 

रमेशलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्