०३ असार २०८३, बुधबार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : भट्टराई

चैत १४, २०८१
दाङ
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताएका छन् ।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताए । 

संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ । 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए ।

'रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ,' उनले भने, '२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।'

salt training

कमेन्ट गर्नुहोस्