०७ साउन २०८३, बिहीबार

वात्सल्य र नेपालका प्रमुख बैंकहरूबीच साझेदारी,  निःसन्तान दम्पतिका लागि विशेष छुट योजना

चैत १४, २०८१
काठमाडौं
वात्सल्य र नेपालका प्रमुख बैंकहरूबीच साझेदारी,  निःसन्तान दम्पतिका लागि विशेष छुट योजना

नि:सन्तान समस्या समाधानमा अग्रणी मानिएको आईभीएफ सेन्टर वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग विशेष साझेदारी गरेको छ । 

सेवालाई अझ सहज र पहुँचयुक्त बनाउने हेतुले नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतिहरूका लागि विशेष छुट योजना शुरू गरेको वात्सल्यले जनाएको छ । 

यस नयाँ पहल अन्तर्गत, वात्सल्यले नेपाल बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, सानिमा बैंक, सिटिजन बैंक र ग्लोबल आईएमई बैंकसँग साझेदारी गरेको छ।

यस सहकार्यमार्फत् सम्बन्धित बैंकका कर्मचारी र ग्राहकले विशेष छुट तथा अन्य सुविधा प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत आईभीएफ उपचारमा, प्याथोलोजी परीक्षणमा  र  औषधिमा विशेष छुट प्राप्त गर्न सकिनेछ | 

बैंकहरूसँगको सहकार्यले आर्थिक रूपमा उपचारलाई सरल बनाउनुका साथै अभिभावक बन्ने चाहना भएका दम्पतिहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

थप जानकारीका लागि ०१५९७०६११ मा सम्पर्क गरि  या आफ्नो नजिकको वात्सल्य क्लिनिकमा गइ बुझ्न सकिने वात्सल्यले जनाएको छ । 

वात्सल्यको सेवा सुविधा  नेपालका विभिन्न शहरहरू: काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज र विराटनगरमा रहेका वात्सल्य क्लिनिकमार्फत लिन सकिने बताइएको छ । 

कमेन्ट गर्नुहोस्