२१ जेठ २०८३, बिहीबार

नेपाल सरकारका सार्वजनिक बिदाबाहेक लुम्बिनीमा अतिरिक्त ६ दिन बिदा

चैत १४, २०८१
बुटवल
नेपाल सरकारका सार्वजनिक बिदाबाहेक लुम्बिनीमा अतिरिक्त ६ दिन बिदा

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले स्वीकृत गरेको योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्ताव अनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।  

नेपाल सरकारले वर्षभरी दिने सार्वजनिक बिदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयमा बढीमा ६ दिन अतिरिक्त सार्वजनिक बिदा दिन सकिने व्यवस्था छ । 

जस अन्तर्गत लुम्बिनी प्रदेशले पाँच दिन सार्वजनिक बिदा दिने प्रस्ताव स्वीकृत गरेको हो । 

सामाजिक विकास मन्त्रालयले अघि सारेको दलित अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री पन्थीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्