१४ असार २०८३, आइतबार

शुक्रबारको प्रर्दशनमा सुरक्षाको प्रत्याभूति दिलाउन आयोगको निर्देशन

चैत १४, २०८१
काठमाडौं
शुक्रबारको प्रर्दशनमा सुरक्षाको प्रत्याभूति दिलाउन आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा सुरक्षा प्रत्याभूति दिलाउन उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ । 

उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार भएको छलफलबाट उक्त निर्देशन दिइएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।

छलफलका क्रममा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गर्ने  आयोगलाई जानकारी गराएका थिए । 

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिए ।

भोलि काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । उक्त प्रदर्शनमा हुनसक्ने मुठभेडलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । 

प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको प्रवक्ता पोखरेलले बताए । दुवै प्रदर्शनमा आयोगले टोली बनाएर अनुगमन गर्ने जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्