०४ असार २०८३, बिहीबार
गणतन्त्रवादीको शक्ति प्रदर्शन

समाजवादी मोर्चाले मुख्य सडकमै स्टेज बनाउँदै, बिहानैदेखि सवारी 'डाइभर्ट'

चैत १५, २०८१
काठमाडौं
समाजवादी मोर्चाले मुख्य सडकमै स्टेज बनाउँदै, बिहानैदेखि सवारी 'डाइभर्ट'

राजावादी समूहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिनेगरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।

काठमाडौंको भृकुटीमण्डपमा मोर्चाले विशाल जनसभा गर्न लागेको हो । मोर्चाले अहिले सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । 

null

मोर्चाको सभा हुने स्थानमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

मोर्चामा संलग्न ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

null

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

null

दिउँसो १ बजेबाट शुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ। 

यसैगरी आजै राजावादी समूहले पनि काठमाडौंको तीनकुनेमा सभा गर्दै छ । 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्