३० जेठ २०८३, शनिबार

गणतन्त्रवादीको प्रदर्शन शुरू, ४ नेताले सम्बोधन गर्ने

चैत १५, २०८१
काठमाडौं
गणतन्त्रवादीको प्रदर्शन शुरू, ४ नेताले सम्बोधन गर्ने

गणतन्त्रको पक्षमा समाजवादीमा आबद्ध ४ दलले काठमाडौंका विभिन्न स्थान ठाउँबाट जुलुस निकाल्दै छन् ।

अहिले १२ बजेबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टीले काठमाडौं विभिन्न वटा स्थानबाट जुलुस निकालिरहेका छन् । 

फरक-फरक ठाउँबाट निस्किएको जुलुस प्रदर्शनीमार्गमा पुगेपछि सभामा परिणत हुने भएको छ । माओवादी केन्द्रले कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोर्‍हखुट्टेबाट जुलुस निकाल्दै छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले डिल्लीबजार र मैतीदेवीबाट जुलुस निकाल्दैछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट महिन्द्रराय यादवको नेसपाले न्युरोड गेटबाट जुलुस निकाल्दैछ ।

null

सबैतिरबाट जुलुस निकाल्ने क्रम शुरू भएको छ । सभा हुने स्थलतर्फ जाने क्रममा मोर्चामा आबद्ध दलका नेता कार्यकर्ताले प्रदर्शन शुरू गरेका हुन् । 

प्रदर्शनीमार्गमा नजिक हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी अध्यक्ष नेपाल, नेकपाका महासचिव विप्लव र नेसपाका अध्यक्ष यादवले सम्बोधन गर्दैछन् । 

समाजवादी मोर्चाले सरकारको कुशासन र गणतन्त्रविरोधीविरुद्ध प्रदर्शन गर्ने जनाएको छ । सरकारको कुशासन, बेथितिविरुद्ध खबरदारी गर्न खोजेको जनाएको छ । 

आजै गणतन्त्रविरोध पक्षधरले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्