
राजावादी प्रदर्शनकारीले तीनकुने क्षेत्रका दर्जनबढी घरमा तोडफोड र आगजनी गरेका छन् ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा प्रहरीमाथि नै जाइलागेका प्रदर्शनकारीले तीनकुनेमा रहेका व्यक्तिका निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका हुन् ।
घटनास्थलमा खटिएकी लोकान्तर संवाददाता शिखा श्रेष्ठका अनुसार प्रदर्शनकारीले हानेको ढुंगाले दर्जन बढी घरमा क्षति पुर्याएको छ ।
प्रहरीले अश्रुग्यास र पानीको फोहोराको सहयोगमा स्थिति नियन्त्रणमा लिन खोजेपछि आक्रोशित प्रदर्शनकारीले घर–घरमा ढुंगामुढा गरेका हुन् ।
‘क्षतिको विवरण अहिले आइनसकेको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन्,’ श्रेष्ठले भनिन्,‘ दर्जनौं घरका शिशा तोडफोड भएको छ ।’