०७ साउन २०८३, बिहीबार

तीनकुनेमा तनाव, सभा बिथोलिएपछि भागे राजावादी नेताहरू​

चैत १५, २०८१
काठमाडौं
तीनकुनेमा तनाव, सभा बिथोलिएपछि भागे राजावादी नेताहरू​
तस्वीर : सभालाई सम्बोधन गर्न पुगेकाहरू

राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि राजावादी नेताहरू सभास्थलबाट भागेका छन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीले शुक्रबार दिउँसो काठमाडौंको तीनकुनेमा सभा आयोजना गरेका थिए । 

राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुने आएलगत्तै तनावको स्थिति सृजना भएको हो ।

प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान लागेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिती बनेको हो । झडप शुरु भएर सभा बिथोलिएपछि राजावादी नेताहरू भागेका हुन् ।

आन्दोलनका कमान्डर प्रसाई कोटेश्वरकै एउटा घरमा बसेको सुरक्षा स्रोतले जानकारी दियो । 

रवीन्द्र मिश्र लगायतका नेताहरू तीनकुनेबाट भागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्