२९ जेठ २०८३, शुक्रबार

मण्डलेले तीनकुनेमा अराजकताको पराकाष्ठा नाघे : प्रचण्ड

चैत १५, २०८१
काठमाडौं
मण्डलेले तीनकुनेमा अराजकताको पराकाष्ठा नाघे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीनकुनेमा मण्डलेहरूले अराजकताको हद नाघेको बताएका छन् ।

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई बुधबार प्रदर्शनीमार्गमा सम्बोधन गर्दै प्रचण्डले राजावादीले अराजकता फैलाएको बताएका हुन् ।

‘गणतन्त्रवादी मोर्चाको हैसियतले समाजवादी मोर्चाको तर्फबाट सभा गर्ने घोषणा थियो । अर्कोतिर राजावादीले पनि आजै कार्यक्रम राखे । १२ वर्ष कुकुरको पुच्छर ढुंङग्रोमा हाले पनि बाङ्गाको बाङ्गै जस्तो भयो,’ प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकाष्ठा तीनकुनेमा देखियो ।  प्रतिगामीको पराकाष्ठा घरमा आगो लगाउने , पुलिसमाथि आक्रमण गने, मान्छे मरून् भन्नेसम्मको अराजकता फैलाउन लागे ।’

गणतन्त्रको पक्षमा आफूहरूले गरेको सौम्य प्रदर्शन र सभालाई हेर्न उनले राजावादीलाई चुनौती दिए ।

प्रचण्डले पूर्वराजालाई अर्को गल्ती नगर्न चेतावनी दिए ।

‘जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ प्रचण्डले भने, ‘विगतमा उनले धेरै गल्ती गरेका छन् । त्यस्ता गल्तीको परिणाम पूर्वराजाले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार भन्न चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्