०९ साउन २०८३, शनिबार
अराजकताको हद

राजावादीको वितण्डा– निजी घरमा तोडफोड र आगजनी, करोडौंको क्षति

चैत १५, २०८१
काठमाडौं
राजावादीको वितण्डा– निजी घरमा तोडफोड र आगजनी, करोडौंको क्षति

अराजक राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ ।

गृह मन्त्रालयमा शुक्रबार अपराह्न बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले क्षतिको यकिन विवरण नआइपुगे पनि करोडौंको क्षति भएको ब्रिफिङ गृहमन्त्री रमेश लेखकलाई गरेका छन् । 

नवराज सुवेदी, दुर्गा प्रसाईं लगायतको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले व्यक्तिका निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेका हुन् ।

null

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घर, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा लगायतमा तोडफोड र आगजनी गरेका थिए । 

त्यस्तै, उनीहरूले घर–घरमा ढुंगामुडा गरेका थिए । त्यतमात्रै होइन, अराजक भीडले कोटेश्वरस्थित जडिबुटी कारखानाभित्र छिरेर आगजनी गरेको छ ।

null

कोटेश्वरकै भाटभटेनीमा तोडफोड र लुटपाट भएको छ । प्रदर्शनकारीले भित्र छिरेर फलफूलका कार्टुन, बीयरका बोतललगायत सामान लिएर भागेका थिए ।

null

सुरक्षा निकायबाट प्राप्त ब्रिफिङ अनुसार हालसम्म सुरक्षा निकायतर्फ १५ जना र राजावादीतर्फ ८ जना घाइते भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

‘जो जसको जति क्षति भएको छ, उहाँहरूले क्षति विवरणसहित प्रहरीमा उजुरी गर्नुहुन्छ, क्षतिपूर्तिका लागि सरकारले पहल गर्छ,’ लेखकले लोकान्तरसँग भने, ‘प्रदर्शनको नेतृत्व गर्ने र निर्देशन दिने दुवै पक्षलाई कारबाहीको दायरमा ल्याउँछौं ।’ 

उनले आजको प्रदर्शनमा प्रहरीले धेरै संयमता अपनाएको बताए ।

दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने उद्देश्यले नै गाडी हाँकेको र उक्त गाडी रोक्न खोज्दा प्रदर्शनकारीहरू प्रहरीमाथि जाइलागेका थिए । प्रदर्शनकारीले सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई ढुंगाले हानेर टाउको फुटाइदिएका थिए । 

प्रदर्शनस्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्