२६ असार २०८३, शुक्रबार

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

चैत १५, २०८१
काठमाडौं
पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ । 

एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन् ।  

एमालेले आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको घोर भ्रत्र्सना गरेको छ । एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। 

    “शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,”, विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्