२८ जेठ २०८३, बिहीबार

रवीन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

चैत १५, २०८१
काठमाडौं
रवीन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा पक्राउ परेका छन् । 

ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा घाइते भेटेर फर्किएका मिश्र र राणालाई शुक्रवार राति ललितपुरबाट पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता दिनेश आचार्यले राणा र मिश्र पक्राउ परेको लोकान्तरलाई जानकारी दिए । 

तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा २ जनाको मृत्यु भएको थियो ।

आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका मिश्र र राणालाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएको छ । 

आन्दोलनका नाममा हिंसा भड्काएको आरोपमा अन्य केही व्यक्ति पनि पक्राउ परेका छन् ।

आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई पनि प्रहरीले खोजी रहेको स्रोतले बतायो । 

शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाप्रति भत्सना गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्