
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरबाट दुवै नेता पक्राउ परेका हुन् । राप्रपाका प्रवक्ता सगुन लावतीले उनीहरू पक्राउ परेको जानकारी दिँदै दुवै जनालाई टेकु प्रहरीमा लगिएको बताए ।
बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ ।
शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापक तोडफोडको घटना भएको थियो ।
यस्तै प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । राजावादीको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् । यस्तै प्रहरी दुर्गा प्रसाईलाई पनि खोजिरहेको छ ।