२१ जेठ २०८३, बिहीबार

डा. नेपाल र बस्नेत पुरस्कृत​

चैत १६, २०८१
काठमाडौं
डा. नेपाल र बस्नेत पुरस्कृत​

रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित रु एक लाख राशिको सो पुरस्कार क्लबको यही चैत १७ गते मनाइने २७औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रदान गरिने जनाइएको छ ।

डा. नेपाल विगत तीन दशकदेखि सक्रिय पत्रकारिता र प्राध्यापनमा छन् ।

त्यसैगरी क्लबले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डट्‌कमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि नगद रु एक लाख छ ।

salt training

कमेन्ट गर्नुहोस्