२८ जेठ २०८३, बिहीबार

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीले दिए राजीनामा

चैत १६, २०८१
काठमाडौं
सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर चौधरीले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

गैरकानूनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् ।

उनले पत्रकारमाझ भने, 'म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।'

नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्