२८ जेठ २०८३, बिहीबार
छलफलमा जुट्दै कांग्रेस

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

चैत १६, २०८१
काठमाडौं
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । 

राजावादीको शुक्रबारको अराजक र हिंस्रक गतिविधिपछि छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् । 

बैठक शनिबार दिउँसो साढे ४ बजे देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेगरी बोलाइएको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले शुक्रबार काठमाडौंको तीनकुने आपसमा अराजकतापूर्ण गतिविधि गरेका थिए । 

जसमा दुई जनाको ज्यान जानुको साथै धेरै घर, कार्यालय, व्यापारिक केन्द्रमा क्षति भएको थियो । शुक्रबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लुटपाट र तोडफोडको घटनाको भर्त्सना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्