३० जेठ २०८३, शनिबार
मृत्युको रहस्य खोल्ने डाक्टर

पाँच हजार शवमा छुरा चलाएका डा. विप्लव

चैत १६, २०८१
बुटवल
पाँच हजार शवमा छुरा चलाएका डा. विप्लव

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन) विशेषज्ञ हुन् ड‍ा. विप्लव मानन्धर । फरेन्सिक मेडिसिन भनेको अप्राकृतिक रूपमा मृत्यु भएकाहरूको पोस्टमार्टम गरेर त्यसको कारण पत्ता लगाई कानूनी प्रमाण जुटाउने विधा हो । बलात्कार, जबरजस्ती करणीमा परेका पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गर्ने, उमेर पत्तालगायतको  परीक्षण गर्नु डा. मानन्धरको चिकित्सकीय विधामा पर्छ ।​

कन्सलटेन्ट फरेन्सिक विशेषज्ञ उनले आफ्नो सेवाको ६ वर्षे अवधिमा घटना/दुर्घटनामा मृत्यु भएका ५ हजारभन्दा बढी शव चिरफार गरी परीक्षण (पोस्टमार्टम) गरिसकेका छन् । अन्य बिरामी जाँच गर्ने डाक्टरको बढी व्यस्तता देखेर आफ्नै सोचाइ र घर परिवारबाट समेत ‘ग्रीन सिग्नल’ पाएपछि फरेन्सिक मेडिसिन अध्ययन पेशामा लागेको डा. मानन्धर बताउँछन् ।

उनीसँगै पोस्टमार्टममा दुई जना टेक्निसियन पनि सहयोगी हुन्छन् । विष सेवन, झुन्डिएका र कुनै दुर्घटनामा मृत्यु भएका शवलाई चिरफार गरी परीक्षणका लागि आवश्यक पर्ने शवका अंगहरू रिपोर्टका लागि झिक्छन् । त्यसपछि शवलाई सिलाउँछन् । लामो समयसम्म हराएर कुहिएका र दुर्गन्धित भइसकेका शवको पनि उनले पोस्टमार्टम गर्नुपर्ने हुन्छ । शवको टाउकोदेखि खुट्टाको पैतालासम्म चिरेर शरीरका सबै अंगको परीक्षण जाँच गरी मृत्युको कारण पत्ता लगाउँदै रिपोर्ट तयार गर्नु विप्लवको पेशागत दिनचर्या चलिरहेको छ ।  ‘हामीलाई शवसँग डराउने वा भावुक बन्ने छुट हुँदैन,’ डा. विप्लव भन्छन्, ‘यो क्षेत्रमा निश्चित समय पनि हुँदैन । आकस्मिक सेवाजस्तै हो । अपराध अनुसन्धानदेखि पीडित पक्षलाई न्यायका लागि पनि निर्धक्क शवको चिरफार गरी जाँच गर्नुपर्छ ।’ 

काठमाडौंमा जन्मिएका डा. मानन्धरले चीनको वुहान युनिर्भसिटीबाट एमबीबीएस गरेका हुन् भने कानूनी चिकित्सा विषयमा मास्टर आईओएम महाराजगञ्ज मेडिकल कलेजबाट गरेका पूरा गरेका थिए ।

सन् २०२० मा मास्टर सकेका उनले छात्रवृत्ति करारमा दुई वर्ष नारायणी हस्पिटल वीरगञ्ज र भक्तपुरको भक्तपुर प्रादेशिक अस्पतालमा काम गरेर आफूलाई अनुभवमा निखारेका थिए । 

एउटा शव परीक्षणको लागि एकदेखि ३ घण्टा समय लाग्छ । तर, त्यसमा शवको प्रकृतिमा भर पर्ने हुन्छ । कसैको घाँटी न्याकेर चोटपटकहरू भएको केसमा, धेरै ठाउँमा विवाद शवको केसमा सानोदेखि भित्रभित्र कुराहरू नियाल्दा टाउको सानो चोटसम्म जाँच गर्दा धेरै समय पनि लाग्ने उनको भनाइ छ । 

लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो र धेरै बिरामी उपचारको लागि आउने अस्पतालमा फरेन्सिक मेडिसिनको दरबन्दी छैन । उनी अहिले करार सेवामा कार्यरत हुन् । उनीभन्दा अघि छात्रवृत्ति करारमा डा. आहना श्रेष्ठ प्रादेशिक अस्पतालमा कार्यरत थिइन् । तीस वर्ष अघिको दरबन्दी संघीय अस्पतालमा दरबन्दी रहे पनि प्रादेशिक अस्पतालमा अझै दरबन्दी नभएको उनको भनाइ छ । ‘एमबीबीएस पढ्दा खेरी नै पहिलो वर्ष शवहरू चिर्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो हुनाले मैले आफ्नो सेवाको रूपमा काम गर्दा पनि गाह्रो हुने डर लागेजस्तो हुने त्यस्तो कहिले पनि भएन । हाम्रो मुख्य पार्ट भनेको नै पोस्टमार्टम भएकोले अप्ठ्यारो महसुस मैले कहिल्यै गरिँन ।’

प्रादेशिक अस्पतालमा उनले दैनिक २ वटा शव पोस्टमार्टम गर्नुपर्छ । प्रादेशिक अस्पतालमा अहिले मासिक करिब ५०/६० वटासम्म शव पोस्टमार्टमका लागि आउँछन् । ‘कुनै दिनमा ५/६ वटासम्म पनि आउँछन्, कानूनअनुसार कस्तो–कस्तो केसमा पोस्टमार्टम गर्नुपर्छ भनेर छुट्याइएको हुन्छ । जस्तै: दुर्घटनामा परेर मृत्यु भएको, सुसाइड केस, सडन डेथ भएको पनि पोस्टमार्टम गर्नुपर्ने पनि हुन्छ । हामीले शवमा पोस्टमार्टम गर्ने भएको के हो त्यो पहिला बुझ्नुपर्ने हुन्छ । मृत्युको कारण पत्ता लगाउने प्रक्रिया हो । त्यहाँ हामीले बाहिरी शरीरमा चोटपटक के कस्तो छ ? सानोदेखि ठूलो सबै कुराहरू हेर्छौं र प्रतिवेदन बनाउँछौं, त्यसपछि भित्री शरीरमा घाँटी, टाउको छातीको हेर्छौं,’ उनी भन्छन् ।

एउटा शव परीक्षणको लागि एक देखि ३ घण्टा समय लाग्छ । तर, त्यसमा शवको प्रकृतिमा भर पर्ने हुन्छ । कसैको घाँटी न्याकेर चोटपटकहरू भएको केसमा, धेरै ठाउँमा विवाद शवको केसमा सानोदेखि भित्रभित्र कुराहरू नियाल्दा टाउको सानो चोटसम्म जाँच गर्दा धेरै समय पनि लाग्ने उनको भनाइ छ । 

नेपालमा हालसम्म फरेन्सिक विशेषज्ञको जम्मा संख्या करिब ७० जना मात्र छन् । त्यसमध्ये ‘कोर’ काम गर्नेहरू त्यति धेरै छैनन् । सरकारी अस्पतालमा १० जना, भ्याली बाहिरका अस्पतालमा नै काम गर्ने बढीमा १० जना र फरेन्सिक पढेका मेडिकल कलेजमा कार्यरत रहेको डा. मानन्धर बताउँछन् ।

आफू मेडिकल अधिकृत हुँदा पनि यहीँ क्षेत्रमा काम गरे । कन्सलटेन्ट डाक्टरको लाइफ प्रत्यक्ष देखेका उनी बिहानदेखि बेलुकासम्म एकदम व्यस्त भएको उनले नजिकबाट देखेका थिए । ‘बिहान उठ्ने बेलादेखि ओपीडी, त्यसपछि हस्पिटल फेरि ओपीडी धाएको देख्दा आफ्नो जीवनमा त्यसो गर्दा सधैंजसो व्यस्त मात्रै देखे,’ उनी भन्छन्, ‘त्यसपछि आफ्नो लागि समय कम भएको महसुस गरेपछि फरेन्सिक मेडिसिन रोजेको हुँ ।’ राति एक्लै पनि पोस्टमार्टम गर्ने भवनमा अबेरसम्म रात बिताउन पनि पर्छ ।’ त्यस्तो अवस्थामा पनि शवसँग आफूलाई डरको महसुस नगर्ने उनको भनाइ छ । उनले अहिलेसम्म नवजात शिशुदेखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरूको समेत चिरफार गरी पोस्टमार्टम गरेका छन् । 

प्रादेशिक अस्पतालमा सबैभन्दा बढी आत्महत्या केसहरू आउने गर्छन् । लुम्बिनी प्रदेशमा धेरै वैदेशिक रोजगारीमा गएका छन् । आत्महत्या गरेको घरपरिवारको मान्छेसँग सोध्दा ५० प्रतिशत भन्दा बेसी नजिकको मानिस वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ ।

कुनै व्यक्तिको पनि अप्राकृतिक मृत्यु नहोस् भन्ने चाहना फरेन्सिक विशेषज्ञको हुन्छ । उनको चाहना पनि त्यही हो । ‘इमान्दारिताका साथ सेवा गर्न पाउँ यही नै मेरो सन्तुष्टिको आधार हुनेछ,’ डा. मानन्धर भन्छन् । लुम्बिनी वरिपरीको जिल्लाका केसहरू विशेषज्ञ हुँदा विवाद परेका केसहरू काठमाडौं रिफर गर्नुपर्ने अवस्था थियो । आफ्नाको मृत्युले मर्माहत भएको हुन्छ । फेरि काठमाडौं पुर्‍याउने पर्ने अवस्थाले खर्च बढी हुनु र दुःख पाइरहेको अवस्था थियो । यस क्षेत्रमा रहेर यस क्षेत्रको मृत्यु भएर गएका परिवारलाई सेवा गर्न पाउन आफूलाई खुसी लागेको डा. मानन्धर बताउँछन् । ‘अझै आफूले आफूलाई ज्ञान भएसम्म सत्य र न्यायको लागि गर्ने शवबाट वास्तविक कुरा पत्ता लगाउँदा पीडित परिवारलाई न्याय दिन मद्दत पुग्ने भएर अहिलेसम्म आफू बुटवल नै बसेर काम गर्दा पनि खुसी नै रहेको बताए ।

प्रादेशिक अस्पतालमा सबैभन्दा बढी आत्महत्या केसहरू आउने गर्छन् । लुम्बिनी प्रदेशमा धेरै वैदेशिक रोजगारीमा गएका छन् । आत्महत्या गरेको घरपरिवारको मान्छेसँग सोध्दा ५० प्रतिशत भन्दा बेसी नजिकको मानिस वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ । त्यसको लागि समाजमा सचेतना वैदेशिक रोजगार मानसिक स्वास्थ्य धेरै ठूलो असर गरेको छ । त्यसको लागि त्यसको लागि अध्ययन र सचेतना आवश्यक रहेको डा. मानन्धर देखिन्छ । उनका श्रीमती सविना श्रेष्ठ पनि मेडिकल क्षेत्रमा कार्यरत रहेकोले आफ्नो क्षेत्रको कामलाई निरन्तर साथ सहयोग पनि पाइरहेको उनको भनाइ छ । नेपालमा फरेन्सिक मेडिसिनको अभाव रहेको उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्