११ साउन २०८३, सोमबार

म्यानमार भूकम्प पीडितलाई १ करोड पाउन्ड दिने बेलायतको घोषणा

चैत १७, २०८१
काठमाडौं
म्यानमार भूकम्प पीडितलाई १ करोड पाउन्ड दिने बेलायतको घोषणा

बेलायतले म्यानमारका लागि १ करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । 

म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो ।

भूकम्पका कारण म्यानमारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।

बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ।' 

विकासमन्त्री जेनिफर च्यापम्यानले भनिन्, 'बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यानमारमा मानवीय सहयोग गरिरहेका छन् । 'यस दुःखद घटनापछि म म्यान्माका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु,' च्यापम्यानले भनिन् ।​ 

म्यानमारको मध्य भागमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो ।

बेलायतले यसअघि जुन्टासरकारसँग निकटता भएका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्