३० असार २०८३, मंगलबार

तीनकुने क्षेत्रमा भएको आगजनी र लुटपाटप्रति चेम्बरको भर्त्सना

चैत १७, २०८१
काठमाडौं
तीनकुने क्षेत्रमा भएको आगजनी र लुटपाटप्रति चेम्बरको भर्त्सना

शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चार गृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ ।

प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ ।

'सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चार गृहमा समेत क्षति पुगेको छ । यस्ता प्रकारका हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ,' विज्ञप्तिमा भनिएको छ ।

यसअघि निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्