२२ असार २०८३, सोमबार

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई १ लाख सहयोग

चैत १७, २०८१
काठमाडौं
तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई १ लाख सहयोग

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन् ।​ 

रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा. दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरेका थिए । 

आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग मागसमेत गरे ।

साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा. दीक्षितले सरकारसँग आग्रह गरे । 

सरकार सबैको अभिभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्