२६ असार २०८३, शुक्रबार

प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित, अरू कुन पदमा कसले जिते ?

चैत १८, २०८१
काठमाडौं
प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित, अरू कुन पदमा कसले जिते ?

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार ३३६ मत ल्याएर गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए ।

सेन्टरको वरिष्ठ उपाध्यक्षमा  ३९७ मतका साथ सुरेशचन्द्र अधिकारी विजयी हुँदा उनका प्रतिस्पर्धी सुदीप बर्देवाले १११ मत पाए ।

५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा दीपेन्द्र शर्माले १४५ मत पाए ।

उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए ।

उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भएका छन् ।

nullnull
 

salt training

कमेन्ट गर्नुहोस्