१५ असार २०८३, सोमबार

५०० दरका २३ करोड नयाँ नोट छापिँदै

चैत १८, २०८१
काठमाडौं
५०० दरका २३ करोड नयाँ नोट छापिँदै

 बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया सुरु गरेको हो ।

 राष्ट्र बैङ्कले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरूका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो । नोट छाप्न पूर्वसर्त पूरा गरे अनुरूप छ वटा विदेशी कम्पनीलाई छनोट गरिसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

छनोटमा परेका विदेशी कम्पनीमा चीनको चाइना बैङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, युकेको डेला रुई इन्टरनेसनल लिमिटेड, जर्मनीको गिएसेकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस छन् । पूर्वसर्त पूरा गरेका छ वटा कम्पनीले बैङ्क नोट छाप्न राष्ट्र बैङ्कमा बोलपत्र पेस गर्न सक्ने आइतबार जारी सूचनामा उल्लेख छ । यिनैमध्ये कम लागतमा बैङ्क नोट छाप्ने प्रस्ताव पेस गर्ने कम्पनीलाई राष्ट्र बैङ्कले नोट छाप्ने ठेक्का दिने जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्