०६ असार २०८३, शनिबार

लेनदेनको विवादमा हत्या, पोल खुल्ने डरले खाल्डोमा पुरियो शव

चैत १८, २०८१
काठमाडौं
लेनदेनको विवादमा हत्या, पोल खुल्ने डरले खाल्डोमा पुरियो शव

काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीमा लेनदेन विवादमा एक व्यक्तिको हत्या भएको खुलेको छ । गोकर्णेश्वरको बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपका सञ्चालक सर्लाहीका निपु मण्डलसँग साहले एक लाख १० हजार लेनदेन थियो । उनी चैत ११ गते उक्त वर्कसपमा पुगेर पैसा माग्दा विवाद भएको थियो ।

विवाद बढेपछि मण्डलसहित ६ जनाले मिलेर साहलाई कुटपिट गरेका थिए । सोही दिनदेखि साह बेपत्ता भएपछि परिवारले सोधीखोजी गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा उनको हत्या गरेर गाडेको तथ्य खुलेको थियो ।

चैत १५ मा प्रहरीले पक्राउ परेकालाई बयान लिएपछि साहको शव हत्या गरेर गाडेको खुलाएपछि शव उत्खनन गरेर पोस्टमार्टमका लागि पठाइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार पक्राउ पर्नेमा मण्डल, विजय यादव, करणकुमार महतो, जोधन मण्डल, उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा छन् । 

‘साह र वर्कसप सञ्चालक मण्डलबीच रकम लेनदेन रहेछ, पैसा लिन साह वर्कसपमा पुग्दा विवाद भएपछि कुटपिट गरी हत्या गरेको देखिन्छ,’ बोहराले भने, ‘साहले पैसा नलिई कोठा नजाने बताएपछि विवादका क्रममा कुटपिट गरेको देखिन्छ ।’

हत्यामा संलग्न निपु, विजय र करण मुख्य आरोपी हुन् । जोधन मतियारको रूपमा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्