११ साउन २०८३, सोमबार

राप्रपा सांसद धवल शम्शेर राज्य विरुद्धको कसुरमा पक्राउ परेको सदनलाई जानकारी

चैत १८, २०८१
काठमाडौं
राप्रपा सांसद धवल शम्शेर राज्य विरुद्धको कसुरमा पक्राउ परेको सदनलाई जानकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवल शम्शेर राणालाई राज्य विरुद्धको कसुर अपराधमा पक्राउ गरिएकोबारे सदनलाई जानकारी गराइएको छ ।

सांसद राणालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरासहित जिल्ला प्रहरी परिसर काठमाडौंको पत्र प्राप्त भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए । 

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १६औं एनआरएनए रिजनल कन्फ्रेन्स कार्यक्रममा सहभागी हुन यही चैत १४ गते माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले सदनमा जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्