२९ असार २०८३, सोमबार

त्रिवि केन्द्रीय क्याम्पसमा कडा टक्कर, नेविसंघ र अखिलको बराबरी मत

चैत १८, २०८१
काठमाडौं
त्रिवि केन्द्रीय क्याम्पसमा कडा टक्कर, नेविसंघ र अखिलको बराबरी मत

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनबीच कडा टक्कर भइरहेको छ । 

१४औं बुथसम्मको मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुका उम्मेदवारले बराबर मत पाएका छन् । 

नेविसंघका दीपकराज जोशीले ६५९ र अखिलका सिद्धान्त भट्टले पनि उति नै मत पाएका छन् । माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार प्रविन दाहालले ६२२ मतसहित पछ्याइरहेका छन् । 

यसैगरी, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ४३३ मत पाएका छन् । पद्‌मा भुषालले १३२ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्