२८ जेठ २०८३, बिहीबार

कतारले दियो १८ नेपाली कैदीलाई आममाफी

चैत १८, २०८१
काठमाडौं
कतारले दियो १८ नेपाली कैदीलाई आममाफी

कतार सरकारले रमजान तथा ईद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको छ । 

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो । मन्त्रालयले सो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।

मन्त्रालयले उक्त निर्णयलाई मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो । जसलाई कतार सरकारले स्वीकार गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्