०४ साउन २०८३, सोमबार

पोखरामा भलिबल च्याम्पियनसिप हुने

चैत १८, २०८१
काठमाडौं
पोखरामा भलिबल च्याम्पियनसिप हुने

 लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ हुने भएको छ । 

    लायन्सले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी गराएको हो ।  संस्थाको स्थापना अन्तरराष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनले खेलहरू पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने बताए । 

उनले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्