१३ असार २०८३, शनिबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

चैत १९, २०८१
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ का भोजराज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी साक्षीका रूपमा पेश गरिएका उनले प्रतिकूल बकपत्र गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार​ भ्रष्टाचार मुद्दामा सरकारी साक्षी रहेका भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत अदालतमा प्रतिकूल बकपत्र गरेपछि आरोपपत्र दायर गरिएको हो ।

मुद्दाका प्रतिवादी धनेश्वर प्रसाईंसहित अन्यमाथि लागेको घुस काण्डमा संखुवासभाको पाँचखपन नगरपालिका-६ बस्ने भोजराज भट्टराई सरकारी साक्षीका रूपमा उपस्थित भएका थिए । तर उनले अनुसन्धान अधिकृत समक्ष गरेको बयान अदालतमा उल्टाएपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा भट्टराईले प्रतिवादी प्रसाईंलाई ३ लाख घुस दिएको पुष्टि भएकोले उनीमाथि मुद्दा दायर गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्