१९ असार २०८३, शुक्रबार

तीनकुने घटना : सुरक्षा गार्डलाई पाँच लाख नगदसहित भाटभटेनीको सम्मान

चैत २०, २०८१
काठमाडौं
तीनकुने घटना : सुरक्षा गार्डलाई पाँच लाख नगदसहित भाटभटेनीको सम्मान

गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरिएको छ । 

उनलाई आज एक कार्यक्रमबीच भाटभटेनीले आज ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । उनलाई पाँच ग्रेड बढुवासमेत गरिएको छ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे ।

null


कार्यक्रममा चैत १५ गते लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

null

सुरक्षा गार्ड पराजुलीले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्