२९ असार २०८३, सोमबार

गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो

चैत २०, २०८१
काठमाडौं
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो

भारतको गुजरात राज्यमा मङ्गलबार एक पटका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।​​

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।

प्रहरीका अनुसार, शुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो ।

घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

हाल उद्धार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्धारकर्मी खटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्