०२ असार २०८३, मंगलबार

काठमाडौं विश्वविद्यालय र सीयाम विश्वविद्यालयबीच सम्झौता

चैत २०, २०८१
काठमाडौं
काठमाडौं विश्वविद्यालय र सीयाम विश्वविद्यालयबीच सम्झौता

काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सीयाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी)लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुई पक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमतिपत्र आदानप्रदान गरिएको हो । 

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्ले र सीयाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितले हस्ताक्षर गरेर सहमतिपत्र आदानप्रदान गरेका हुन् ।

उपकुलपति डा. वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (ट्रेडिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्