१३ असार २०८३, शनिबार

एनएसएलमा गरिने एक गोल बराबर एनसेलले २५ शैक्षिक सामग्री दिने

चैत २०, २०८१
काठमाडौं
एनएसएलमा गरिने एक गोल बराबर एनसेलले २५ शैक्षिक सामग्री दिने

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप यो सिजनभरी गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । 

यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धतामा आधारित रहेको फाउन्डेसनले जनाएको छ ।

मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्री समावेश हुन्छन् । 

यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीलाई उनीहरूको सिकाइ अनुभव सुधार गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

‘हाम्रा समुदायको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ’, एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, ‘हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्त्वपूर्ण उद्देश्यका लागि थप गोल हुनेमा उत्साहित छौं।’

एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित गरेको थियो । 

त्यसअनुसार, एनपीएलका ६५३ चौकाबापत फाउन्डेसनले कूल २,६१२ शैक्षिक सामग्री वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरीका ४२ सरकारी विद्यालयका विद्यार्थीलाई ५,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरिसकेको छ।

एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकाय र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्री वितरण गर्नेछ । यो पहलमार्फत् फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।

एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का पहलमार्फत् देश र जनताको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ । 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउँदै समावेशी र दिगो नेपालको प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ । 

एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित भई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा कार्य र अन्य सामुदायिक विकासका गतिविधिमार्फत् स्थानीय आवश्यकता सम्बोधन गर्दै विकासमा हातेमालो गर्ने गरेको फाउन्डेसनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्