१७ असार २०८३, बुधबार

फोहोर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

चैत २०, २०८१
काठमाडौं
फोहोर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

फोहोर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले शिक्षकहरूलाई धन्यवाद दिएका छन् ।

बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरेका थिए । काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍याली निकालेर माइतीघर मण्डलमा उनीहरूले धर्ना दिएका थिए ।

मेयर बालेनले आफूहरूले हामीले जरिवाना नभई चेतना खोजेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको बालेनले बताएका छन् ।

‘यही शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ’, बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ-गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौं धाइरहनु नपरोस् ।’​

यस्तो छ बालेनले फेसबुकमा लेखेको टिप्पणी :
प्रिय शिक्षकहरू,
तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केही नभत्काई गरिदिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौं, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईंले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । 
हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौं । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा ।
कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ-गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौं धाइरहनु नपरोस् ।

 

salt training

कमेन्ट गर्नुहोस्