०३ असार २०८३, बुधबार

तीन हजार रुपैयाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क

चैत २१, २०८१
काठमाडौं
तीन हजार रुपैयाँ बढ्यो स्वास्थ्य परीक्षण शुल्क

 वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ ।
सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो । यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएका ३४ प्रकारका परीक्षणका लागि सो बराबरको रकम तोकिएको जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका व्यवसायीहरूले भने सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी निर्णय गरेको जानकारी दिएका छन् । उक्त विषयमा के गर्ने भन्ने विषयमा व्यवसायीसँग छलफल चलिरहेको नेपाल वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्