
त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । अनेरास्ववियुका प्रमित विष्टलाई पराजित गर्दै कोइराला स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
औपचारिक मतपरिणाम घोषणा हुन भने बाँकी छ । केही बेरमा औपचारिक मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
त्रिचन्द्रमा नेविसंघले १६ वर्षपछि स्ववियु सभापति जितेको हो । ७ दलको गठबन्धनलाई हराउँदै त्रिचन्द्रमा १६ वर्षपछि नेविसंघले स्ववियु सभापति जितेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए ।
त्रिचन्द्रलाई नेवि संघको बलियो पकड भएको क्याम्पसको रूपमा पनि लिइन्छ । जहाँ कुनै समय शंकर भण्डारी, किशोर सिंह राठौर र गगन थापालगायत सभापति निर्वाचित भएका थिए ।