
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक तिब्बती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिब्बत घर भएर भारतको जोगिन्दनगर बस्ने रिक्सी वाङ्जीमो छिन् ।
उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले महावौद्धबाट २० लाख ९२ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।