१७ असार २०८३, बुधबार

११ सय किलो गाँजासहित २ जना पक्राउ

चैत २१, २०८१
विराटनगर
११ सय किलो गाँजासहित २ जना पक्राउ

भारत तस्करी हुन लागेको गाँजा मोरङ प्रहरीले बरामद गरेको छ ।

मोरङको जहदा गाउँपालिका- ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार २७ वर्षीय उमेश कामतको घरबाट ३४ पोकामा उक्त गाँजा फेला परेको थियो । यी पोकाहरूमा १ हजार ८८ केजी गाँजा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कामतको घर नजिकै जहदा गाउँपालिका ५ का ३३ वर्षीय अरबिन साहको घरबाट थप १५ केजी गाँजा बरामद गरेको छ ।

दुवै व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीङ्को प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारत तस्करी गर्न लागिएको पाइएको छ । पक्राउ परेका दुवै व्यक्तिलाई हाल मोरङ प्रहरी कार्यालयमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्