०९ साउन २०८३, शनिबार

प्रधानमन्त्री ओली र म्यानमारका समकक्षी हलिङबीच भेटवार्ता

चैत २१, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली र म्यानमारका समकक्षी हलिङबीच भेटवार्ता

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मीन आङ हलिङबीच आज बैंककमा भेटवार्ता भएको छ ।​​

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग म्यानमारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङसँग ‘साइडलाइन’ भेटवार्ता भएको हो ।​

उनीहरूबीच दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्