
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी आपत्तिजनक सामग्री प्रकाशन गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
साइबर ब्युरोका अनुसार, पक्राउ पर्ने व्यक्ति सिरहा जिल्लाको धनगढी नपा–७ गोलबजार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने २७ वर्षीय राम बिहारी साफी रहेका छन्। उनले सामाजिक सञ्जालमा अश्लील तथा आपत्तिजनक तस्बिर/भिडियो पोस्ट गरी पीडितलाई मानसिक तनाव दिने, धम्की दिने जस्ता गैरकानुनी गतिविधि गरिरहेका थिए।
प्रहरीले २०८१ चैत २० गते उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। काठमाण्डौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
नेपाल प्रहरी साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कुनै पनि कार्य कानुनी दायरामा ल्याइने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।