![तीनकुने घटनाको सन्त्रास : राप्रपाको प्रदर्शनको दिन बल्खु क्षेत्रका सबै सटर बन्द [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/balkhu_sutter_closed_11_pAhVguo5RT.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा आयोजना गरेको प्रदर्शनका कारण यस क्षेत्रका सबै सटर बन्द गरिएको छ ।
प्रदर्शनको असर पर्न सक्नेतर्फ सचेत रहँदै उपत्यकाको प्रमुख व्यापारिक क्षेत्र बल्खुमा आज व्यापारीहरूले सामूहिक रूपमा सटर बन्द गरेका हुन् ।
बल्खु क्षेत्रका अधिकांश साना तथा ठूला पसलहरू बिहानैदेखि नै बन्द अवस्थामा थिए ।
यसअघि काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले पसल तथा निजी घरमा समेत तोडफोड गरेपछि उनीहरू सतर्क बनेका हुन् ।
तस्वीरहरू














