०३ असार २०८३, बुधबार

जापानका राजदूत तोरु वीरगञ्जमा, ​गरे गहवामाईको दर्शन

चैत २७, २०८१
पर्सा
जापानका राजदूत तोरु वीरगञ्जमा, ​गरे गहवामाईको दर्शन

नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गरेका छन् ।

राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गरेका हुन् ।

राजदूत तोरुले बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गरेका छन्। 

दूतावासका प्रतिनिधिसहित वीरगञ्ज आएका राजदूतले घडीअर्वा पोखरी र वीरगञ्जको मर्मतसम्भार गरिएको घण्टाघरको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजदूत तोरु आफ्नो काम विशेषले वीरगञ्ज आएका जानकारी दिए । 'उहाँले वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित काम र वीरगञ्जका विभिन्न धार्मिकस्थलको अवलोकन गरेको जानकारी पाएका छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्